२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक...

