सुस्ताएका लगानीकर्ता पनि सक्रिय बन्दा नेप्सेमा उच्च कारोबार
काठमाण्डौ । साताको तेश्रो कारोबार दिन बजार खुलेको एकघण्टामा डेढ अर्ब बढीको सेयर कारोबार भएको छ । यसले सेयर बजारमा पर्ख र हेरको रणनीतिमा रहेका ठूला लगानीकर्ता समेत बिस्तारै बजार प्रवेश गर्न थालेका देखिन्छ । कांग्रेस एमाले गठबन्धनको सरकार गठनको सहमति भएदेखि नै बजारमा बढोत्तरीको क्रम सुरु भएको थियो ।

