मिर्मिरे लघुवित्तको एजीएम आज,संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने प्रस्ताव पारित गरिने
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाको १३ औं साधारण सभा काभ्रे जिल्लाको धुलिखेलमा रहेको होटल सारथीमा बिहान ११ बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

