एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र हकप्रद पारित हुने
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको १६ औं साधारण सभा सिमरास्थित होटल क्लासिकमा बिहान ११ः३० बजे आयोजना हुन लागेको हो । उक्त सभाले गत आवका लागि ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ८.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

