काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ५४ लाख २८ हजार ७२४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.८५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले बृद्धि भएको छ । आज ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
कम्पनीको सेयरभाउ ३.०६ प्रतिशतले बढेर १८ हजार ३५० रुपैयाँ पुगेको छ । यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.२५ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ०.६२ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.३९ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.२९ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने एलआइसी नेपाल रहेको छ ।
कम्पनीको सेयरभाउ ४.८१ प्रतिशतले घटेर २०७०.४० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्सको २.८५ प्रतिशत, सन नेपाल लाइफको २.६९ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.९१ प्रतिशत, आइएमई लाइफको १.९० प्रतिशत, नेपाल लाइफको १.७२ प्रतिशत, नेशनल लाइफको १.६४ प्रतिशत, सिटिजन लाइफको १.३९ प्रतिशत, सानिमा जिआइसीको १.३७ प्रतिशत, युनाइटेड अजोडको १.३४ प्रतिशत, एशियन लाइफको १.२६ प्रतिशत, नेको इन्स्योरेन्सको १.०५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.८८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८५ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.८२ प्रतिशत, सुर्यज्योति लाइफको ०.८२ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.५३ प्रतिशत, हिमालयन लाइफको ०.४५ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.२१ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                