सिंगटी हाइड्रोले राख्यो ४६.११ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले ४६ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत फागुन २ गतेदेखि २२ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ४६ लाख ११ हजार ५३९ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।...

