लगानीमैत्री अध्यादेश आएपछि निजी क्षेत्र सरकारसँग प्रफूल्ल, पूर्ण कार्यान्वयनको माग
काठमाण्डौ । सरकारले अध्यादेशमार्फत लगानीको वातावरण बनाएको भन्दै निजी क्षेत्रले खुशी व्यक्त गरेको छ । निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अलग अलग विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । परिसंघले मुलुकमा आर्थिक तथा व्यावसायिक वातावरण सुधार्न, लगानी अभिबृद्धि एवं सार्वजनिक सेवा प्रवाहमा सुशासन प्रवाह गर्न...