सिद्धार्थ बैंकका ग्राहकहरुलाई बबरमहल भिलासमा १०% सम्मको छुट
काठमाण्डौ । सिद्धार्थ बैंक र बबर महल भिलासबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।सम्झौताअनुसार बबर महलस्थित बबर महल भिलासमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फूड, बेभरेज एण्ड स्पासम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

