मनकामना केबुलकार अब डिजिटलडी–कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने
काठमाण्डौ । देशकै पहिलो यात्रुबाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ । मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको २ महिना लगाएर स्तरोन्नति गरेको हो । अस्ट्रियाको विश्व विख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र...