निफ्राले दियो बाल अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘काठमाण्डौ इन्टिच्युट अफ चाइल्ड हेल्थ’ लाई ५० लाख सहयोग गरेको छ । उक्त सहयोग रकमबराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त संस्थाका अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन् ।