एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा १५% छुट
काठमाण्डौ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

