अन्तरिम प्रधानमन्त्रीलाई राष्ट्रिय व्यवसायिक पहलद्वारा बधाई
काठमाण्डौ । नेपाल व्यवसायिक पहल (NBI) ले नेपालकी पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएको छ।संस्थाका अध्यक्ष कुशकुमार जोशीले पठाएको शुभकामना सन्देशमा कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले शान्ति स्थापनादेखि सुशासन, भ्रष्टाचार निवारण, समावेशी विकास र युवाको आकांक्षा सम्बोधन गर्ने अपेक्षा राखिएको उल्लेख गरिएको छ।

