मंगलवार, श्रावण ५,२०८३ 11:43:55
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:43:55
Bizshala
Global IME Bank Limited

एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य

एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य
New Office

काठमाण्डौ । विश्व प्रसिद्ध एयरोस्पेस कम्पनी Airbus र नेपालको सबैभन्दा ठूलो सार्वजनिक विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। 

यस सहकार्यले नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गर्ने लक्ष्य राखेको छ। कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, AI / ML, Advanced Analytics तथा Cybersecurity जस्ता आधुनिक प्रविधिसम्बन्धी ज्ञान र सीप विकासमा सहयोग गरिनेछ । 

समझदारीपत्रमा Airbus South Asia का President तथा Managing Director जर्गेन वेस्टरमायर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरे । कार्यक्रममा नेपाल सरकारका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत Virginie Corteval लगायत विभिन्न सरकारी अधिकारी तथा Airbus का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा बोल्दै जर्गेन वेस्टरमायरले नेपालमा दक्ष जनशक्ति विकासका लागि Airbus ले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र विशेषज्ञता साझा गर्ने बताउनुभयो। उहाँले यस सहकार्यले नेपालको उड्डयन तथा एयरोस्पेस क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  

त्यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुशील बहादुर बज्राचार्यले Airbus जस्तो विश्वस्तरीय कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रम सुधार गर्न, विद्यार्थीलाई व्यावहारिक ज्ञान दिन तथा नेपालको उड्डयन क्षेत्रको विकासमा सकारात्मक योगदान पुग्ने बताए । 

समझदारीअनुसार दुवै संस्थाले अनुसन्धान, तालिम तथा शैक्षिक कार्यक्रमहरूमा सहकार्य गर्नेछन्। साथै विद्यार्थीहरूका लागि Internship, Placement, Workshop, Conference तथा अन्य प्राविधिक कार्यक्रम सञ्चालन गर्ने सम्भावनाबारे पनि संयुक्त रूपमा काम गरिनेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.