लागातार दोस्रो आवमा पनि घट्यो वैदेशिक व्यापार , कति भयो आयात र निर्यात ?
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा देशमा १५ खर्ब ९२ अर्ब ९८ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागका अनुसार यो अवधिमा १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ । आव २०८०/८१ मा भएको वस्तु आयात र निर्यात अघिल्लो आव अर्थात २०७९/८० को तुलनामा कम हो । आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात र १ खर्ब ५७ अर्बको निर्यात भएको थियो । यसरी २०७९/८० को...

