काठमाण्डौ । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक अपराह्न १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरि, प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्ने कार्यसूची छ।
बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
त्यसैगरि संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ । समितिमा आव २०८१/८२ को वार्षिक प्रतिवेदन र आव २०८२/८३ को वार्षिक कार्य योजनाको मस्यौदामाथि छलफल गर्ने कार्यक्रम रहेको छ।