काठमाण्डौ । अप्पर लोहरे खोला हाईड्रोपावर कम्पनी लिमिटेडको २८ लाख कित्ता बढी सेयरको लक इन अवधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल २८ लाख ४६ हजार ५२५ कित्ता सेयरको लक इन अवधि साउन २८ गतेदेखि सकिन लागेको हो ।
कम्पनीको कुल सेयर संख्यामा संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २६ लाख कित्ता, स्थानीय बासिन्दाका लागि छुट्टाइएको २ लाख ६ हजार ७६० कित्ता र कम्पनीका कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ३९ हजार ७६५ कित्ता रहेको छ ।
सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

