काठमाण्डौ । हिमालयन पावर पाटर्नरको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५० प्रतिशत अर्थात ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ १ सेयर बराबर ०।५ नयाँ सेयर अर्थात १ः०.५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोही हकप्रद नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि कम्पनीको उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

