भौगोलिक आवश्यकताका आधारमा बीमालेख जारी गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले हिमाल, पहाड र तराई मधेशका आवश्यकताका आधारमा फरक फरक बीमालेख ल्याउन बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।नेपाल बीमा प्राधिकरणले डिजिटल बीमालेख मार्गदर्शन जारी गर्न लागेको सन्दर्भमा आइतबार काठमाण्डौमा आयोजित डिजिटल बीमालेख सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले...