जीवन बीमा कम्पनीहरुले दुई महिनामै भित्र्याए रु.३० अर्ब प्रिमियम, व्यवसाय ग्रोथमा सिटिजन र रिलायबल अग्रस्थानमा
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले दुई महिनामै ३० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले चालु आवको भदौ महिनासम्म ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ३.२९ प्रतिशतले बढी हो । गत आवको भदौसम्म जीवन बीमकहरुले २९ अर्ब १२ करोड...

