सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत पुस १६ गतेदेखि आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता सेयर जारी गरेको थियो ।कम्पनीले सामूहिक लगानी कोषका लागि ८६ हजार १९४ कित्ता र कर्मचारीहरुका लागि २६ हजार ११९ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।...

