सुनको मूल्यमा प्रतिऔंस ५० डलरको उछाल, हालसम्मकै उच्च कायम
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य २.११ प्रतिशत अर्थात प्रतिऔंस ५१ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य आज यो समाचार तयार पार्दासम्म प्रतिऔंस २ हजार ४७३ डलर कायम भएको छ ।

