आज बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

