आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोला ४ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

