सुन र चाँदीको मूल्य बढ्यो,कति पुग्यो भाउ ?
काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँ कायम भएको छ ।