आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

