प्रधानमन्त्रीद्वारा ७ बुँदे सहमति सार्वजनिक, प्राथमिकतामा शिथिल अर्थतन्त्र चलायमान बनाउने विषय
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस एमालेबीचको बहुचर्चित ७ बुँदे सहमति संसदबाट सार्वजनिक गरेका छन् । विश्वासको मत लिनुअघि आइतबार संसद बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले कांग्रेस एमालेबीच गत असार १७ गते राति भएको ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।