हरियो धनियाको मूल्य ३०% ले घट्यो, गोलभेडा र हरियो लसुनको भने बढ्यो
काठमाण्डौ । हरियो धनियाको मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार हरियो धनियाको मूल्य ३० प्रतिशतले घटेको छ । यससँगै हरियो धनियाको औषत प्रतिकेजी मूल्य २२६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य ३२६ रुपैयाँ थियो ।

