सोमबार, बैशाख २८,२०८३ 07:48:42
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 07:48:43
आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह
NEWS

आपूर्ति शृंखला खल्बलिन नदिन आग्रह

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीयजन धनको क्षतिप्रति नेपाल समुद्रपार निकासी पैठारी संघ गहिरो दुःख व्यक्त गरेको  गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।...

जेनजी नेता सुदन गुरुङलाई राष्ट्रपतिले १० घण्टादेखि शितल निवासमा कुराए, भेट नदिएपछि आक्रोश
NEWS

जेनजी नेता सुदन गुरुङलाई राष्ट्रपतिले १० घण्टादेखि शितल निवासमा कुराए, भेट नदिएपछि आक्रोश

काठमाण्डौ । अन्तरिम सरकार गठनबारे छलफलका लागि बोलाइएका भनिएका जेनजी समूहका नेता सुदान गुरुङले शीतल निवासमा नौ घण्टादेखि प्रतिक्षा गरिरहेका छन्। उनले सामाजिक सञ्जालमा बताएका छन् कि राष्ट्रपति रामचन्द्र पौडेलले नौ घण्टादेखि आफूलाई कुराइरहेका छन्। उनले फेसबुक पेजमार्फत यो जानकारी गराएको पनि एकघण्टाभन्दा बढी भइसक्यो । यसको अर्थ उनले १० घण्टादेखि राष्टपतिलाई कुरिरहेका...

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह
NEWS

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूती दिलाउन आग्रह

काठमाण्डौ । देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतीप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना समेत प्रकट गरेको छ । साथै, घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।  सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा...

जलेको अदालतमा छ बोरा सुनचाँदी भेटियो, कति गायब भयो छैन यकिन
NEWS

जलेको अदालतमा छ बोरा सुनचाँदी भेटियो, कति गायब भयो छैन यकिन

काठमाण्डौ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंमा भएको सनसनीपूर्ण घटनाले सबैलाई चकित बनाएको छ । मंगलबार राति तोडफोड र आगलागीले ध्वस्त बनेको अदालतको स्टोरबाट छ बोरा सुन र चाँदी फेला पारिएको छ ।  यी बहुमूल्य धातुहरूलाई नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुरक्षित रूपमा बुझाइएको छ। 

धरान भाटभटेनीमा लुटपाट गर्न पसेका तीन जनाको जलेर मृत्यु भएको आशंका
NEWS

धरान भाटभटेनीमा लुटपाट गर्न पसेका तीन जनाको जलेर मृत्यु भएको आशंका

धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीका क्रममा लुटपाट गर्न पसेका तीनजनाको शव जलेको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार राति तोडफोड र लुटपाटमा संलग्न अराजक समूहका केही व्यक्ति भित्रै अड्किएर ज्यान गुमाएका हुन्।

प्रहरीले माग्यो लुटपाट तथा आगजनीको प्रमाण, गोपनियता कायम गरिने
NEWS

प्रहरीले माग्यो लुटपाट तथा आगजनीको प्रमाण, गोपनियता कायम गरिने

काठमाण्डौ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र अप्रिय घटनाका तस्बिर, भिडियो र सामाजिक सञ्जालका लिंक पठाउन आग्रह गरेको छ । नेपाल प्रहरीले एक सूचना जारी गर्दै आमजनसुमदायलाई यस्तो आग्रह गरेको हो ।  

जेनजी आन्दोलनमा लुटपाट र आगजनीका फूटेज प्रहरीले माग्यो, कसरी पठाउने ?
NEWS

जेनजी आन्दोलनमा लुटपाट र आगजनीका फूटेज प्रहरीले माग्यो, कसरी पठाउने ?

काठमाण्डौ । जेनजी आन्दोलनमा घूसपैठ गरी आगजनी, लुटपाट गर्नेहरुलाई प्रहरीले कानूनी कारबाही गर्ने भएको छ ।  नेपाल प्रहरीले एक सूचना जारी गर्दै आगजनी र लुटपाटमा संलग्नहरुलाई कारबाहीमा सहयोग गर्न सबुद प्रमाण पठाएर सहयोग गर्न देशबासीलाई आह्वान गरेको छ । 

सुशीला कार्कीद्वारा शितल निवास 'बहिस्कार', पुरानै दलहरुलाई शक्तिशाली बनाउने प्रपञ्च रचिएको भन्दै फायर
ECONOMY& POLITICS

सुशीला कार्कीद्वारा शितल निवास 'बहिस्कार', पुरानै दलहरुलाई शक्तिशाली बनाउने प्रपञ्च रचिएको भन्दै फायर

काठमाण्डौ । बिहीबार अबेर रातिसम्म शितल निवासमा चलेको छलफलका क्रममा राष्ट्रपति र सरकारी पक्षले जेनजी आन्दोलनका प्रमुख मागहरुमा तोडमोड गर्न खोजेपछि अन्तरिम सरकारको प्रस्तावित प्रधानमन्त्री सुशीला कार्की रिसाएर हिँडेकी खुलेको छ ।  शितल निवासस्थित स्रोतहरुले निकै लामो समयसम्म चलेको छलफलमा राष्ट्रपति र सेनापति लगायतका सरकारी अधिकारीहरु जेनजीको संसद विघटन गर्ने र...

क्षतीग्रस्त संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग
NEWS

क्षतीग्रस्त संरचना सञ्चालन गर्न कामना सेवा विकास बैंकको सहयोग

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नं ३० लाई कार्यालय सञ्चालन गर्नको लागि टेबल कुर्सी हस्तान्तरण गरेको छ ।  जेनजीको भ्रष्टाचार विरुद्धको आन्दोलनका क्रममा उक्त कार्यालयका सम्पुर्ण उपकरण तथा  फर्निचरहरु जलेर नष्ट भएको थियो । कामना सेवा विकास बैंकका ढुङ्गेपाटन शाखाकी शाखा प्रबन्धक...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २९९ जना घाइतेको उपचार जारी
NEWS

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २९९ जना घाइतेको उपचार जारी

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा हालसम्म देशभर ५१ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मृत्यु भएका १८ जनाको पहिचान अझै हुन सकेको छैन ।  मृत्यु हुनेमा ३ जना प्रहरी र एकजना भारतीय नागरिक समेत रहेको प्रहरीले जनाएको छ ।  

सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग, संविधान पनि खारेज हुनुपर्ने
ECONOMY& POLITICS

सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग, संविधान पनि खारेज हुनुपर्ने

काठमाण्डौ । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले फेरि पनि राजनीतिक बहसलाई तातेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गर्दै हालको संविधान नै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास सुरु
NEWS

वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास सुरु

काठमाण्डौ । नेपालको प्रमुख व्यापारिक नाफा वीरगञ्जमा अत्यावश्यक वस्तुको जाँचपास सुरु भएको छ । जेनजी आन्दोलनका कारण ठप्प भएको वीरगञ्ज भन्सार कार्यालयले बिहिबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु गरेको हो ।  

जेन-जीलाई उधारो सम्झौतामा हस्ताक्षर गराउने प्रयास, सुशीला कार्कीको नियुक्ति र सपथको तयारी
ECONOMY& POLITICS

जेन-जीलाई उधारो सम्झौतामा हस्ताक्षर गराउने प्रयास, सुशीला कार्कीको नियुक्ति र सपथको तयारी

काठमाण्डौ । संसद विघटनको बटमलाइन जेनजी अभियन्ताहरुले नछाडेपछि स्थगन भएको वार्ता पुनः सुरु हुँदैछ ।  दिउँसो २ बजे तोकिएको वार्ताका लागि केहीबेरअघि राष्ट्रपतिसँग छलफल गर्न नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल शितल निवास पुगेका छन् ।

जेनजी आन्दोलनः लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह
NEWS

जेनजी आन्दोलनः लगानी र रोजगारी सुरक्षामा संवेदनशील हुन क्रसर महासंघको आग्रह

काठमाण्डौ। नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले हालै मुलुकभर जेनजी पुस्ताले सञ्चालन गरेका प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।महासंघका अध्यक्ष सिताराम न्यौपानेले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको पनि कामना...

सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वानः 'संविधानको बाटोबाटै समाधान खोज्नुपर्छ'
ECONOMY& POLITICS

सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वानः 'संविधानको बाटोबाटै समाधान खोज्नुपर्छ'

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा देशभर भएको हिंसा र विनाशले सिर्जना गरेको संकटपूर्ण अवस्थामा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संयुक्त रूपमा देशवासीलाई संयम, संवाद र संवैधानिक प्रक्रियाप्रति प्रतिबद्ध रहन आह्वान गरेका छन्। शुक्रबार जारी संयुक्त वक्तव्यमार्फत उनीहरूले राष्ट्रपतिले संवैधानिक मार्गबाट समाधान खोज्न पहल...

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान
Travel & Tours

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान

काठमाण्डौ ।  होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।

धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला
NEWS

धरानको ध्वस्त भाटभटेनीभित्र जलेको अवस्थामा शव फेला

काठमाण्डौ । कोशी प्रदेशस्थित सुनसरी जिल्लाको धरान उपमहानगरपालिकास्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा एक शव भेटिएको छ।शुक्रबार भाटभटेनीको आगो निभाई सरसफाई गर्ने क्रममा स्थानीय र सुरक्षाकर्मीको टोलीले पूर्ण रुपमा जलेको अवस्थामा शव फेला पारेका हुन् ।

नयाँ पुस्ताले देखेका सपना पुरा होस् भन्दै शेखर गोल्छाले भने,‘रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध छु’
ECONOMY& POLITICS

नयाँ पुस्ताले देखेका सपना पुरा होस् भन्दै शेखर गोल्छाले भने,‘रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध छु’

काठमाण्डौ । उद्योगी तथा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले देशमा रोजगारी सिर्जना तथा लगानी गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले फेसबुकमा घरको जलेको गेटको फोटो सेयर गर्दै देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् भन्दै लगानीको प्रतिवद्धता जाहेर गरेका हुन् ।  

विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा  समाचारमा विश्वास नगर्न आग्रह
NEWS

विद्यमान परिस्थितिमा सेनालाई जोडेर भईरहेका भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह

काठमाण्डौ । नेपाली सेनाले नेपालको सेनाका बारेमा सार्वजनिक भईरहेको भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक विज्ञप्ती जारी गर्दै विद्यमान परिस्थितिमा सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भइरहेको भन्दै भ्रामक र झुटा समाचारमा विश्वास नगर्न आग्रह गरेको हो ।  

गोकुल बास्कोटा भन्छन् ‘जसको आन्दोलन उही नेता हुनु नि,फेरि उत्खनन किन ?’
ECONOMY& POLITICS

गोकुल बास्कोटा भन्छन् ‘जसको आन्दोलन उही नेता हुनु नि,फेरि उत्खनन किन ?’

काठमाण्डौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले जेनजी समूहलाई लक्षित गर्दै आन्दोलनबारीबाटै देशलाई नेतृत्व प्रदान गर्नुपर्ने बताएका छन् । जेनजी समूहबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति बनेसँगै बास्कोटाको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।  बास्कोटाले फेसबुकमा स्टाटस लेख्दै यस्तो कटाक्ष गरेका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.