उत्पादनमूखि बन्न पर्यो । कर प्रणलीमा सुधार ल्याउन पर्यो ।
जनमत
TRENDING
जनमत
काठमाण्डौं । कलंकीस्थित सहिद मेमोरियल अस्पताल मा कार्यरत स्टाफ नर्स तथा स्वास्थ्यकर्मीहरूले सरकारले तोकेको न्यूनतम तलब लागू गर्न माग गर्दै आन्दोलन शुरु गरेका छन्। अस्पताल प्रशासनले सरकारी मापदण्डअनुसार पारिश्रमिक नदिएको आरोप लगाउँदै उनीहरूले शुक्रबार बिहानदेखि अस्पताल परिसरमै धर्ना र प्रदर्शन थालेका हुन्।
काठमाण्डौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज सडकखण्डमा सरकारी, वन तथा संरक्षित क्षेत्रको जग्गा अतिक्रमण हटाउने व्यापक अभियान शुक्रबार बिहानदेखि कडा सुरक्षाकाबीच शुरु भएको छ। सडक विस्तार, वन संरक्षण तथा निकुञ्ज क्षेत्रको सीमांकन कार्यलाई अघि बढाउँदै अवैध रूपमा निर्माण गरिएका संरचनाहरू हटाउन सुरक्षा निकायलाई संयुक्तरुपमा परिचालित भएका छन्।
काठमाण्डौँ । देशको प्रमुख पूर्वाधार परियोजनामध्ये एक मानिएको नागढुङ्गा–मुग्लिङ सडक खण्डको निर्माण कार्यको अवस्था बुझ्न पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले स्थलगत निरीक्षण गरेका छन् । पछिल्ला महिनाहरूमा निर्माण कार्य सुस्त हुनु, सामग्री आपूर्ति अवरुद्ध हुनु तथा आयोजना कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रत्यक्ष जानकारी लिन मन्त्री लम्साल टोलीसहित उक्त...
जनमत
काठमाण्डौं । मधेश प्रदेशको राजनीतिक वातावरण फेरि तातिएको छ। प्रदेश सरकारको नेतृत्व गरिरहेका कृष्णप्रसाद यादवले आज प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेसँगै सत्ता समीकरण निर्णायक मोडमा पुगेको छ।
काठमाण्डौं । देशको प्रमुख गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ। सरकारले बुधबार कार्य विभाजन नियमावली संशोधन गर्दै विभागलाई गृह मन्त्रालयको संरचनाबाट हटाएर प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्ने निर्णय गरेको हो।
काठमाण्डौं । इलाममा केही साताअघि देखिएको बर्ड फ्लु संक्रमण नियन्त्रणमा आएको निष्कर्षपछि कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा लगाइएको प्रतिबन्ध हटाइएको छ। संक्रमण फैलिन सक्ने जोखिम न्यून बन्दै गएको मूल्यांकनपछि जिल्ला बर्ड फ्लु नियन्त्रण समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
काठमाण्डौं । संविधान संशोधनसम्बन्धी राष्ट्रिय बहस तीव्र बन्दै गइरहेका बेला जेन–जी आन्दोलनका प्रतिनिधिहरूले सरकारद्वारा पठाइएको औपचारिक निमन्त्रणालाई अस्वीकार गर्दै आफ्नो अडान सार्वजनिक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधान संशोधनबारे छलफलका लागि बोलाए पनि आन्दोलनकारीहरूले विगतमा भएका सहमतिहरू कार्यान्वयन नभएसम्म सरकारसँग कुनै पनि...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ४५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत निक्षेप संकलनमार्फत उक्त रकम ४२ दिनका लागि उठाउन लागेको हो।राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सक्नेछन्।...
काठमाण्डौ । वैदेशिक रोजगारीका लागि ग्रिस र युएई पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुल्लु नगरपालिका–१ का ५२ वर्षीय मधुसुदन पराजुली र पर्वत कुस्मा नगरपालिका–२ का ३२ वर्षीय प्रकाश बाँस्तोला रहेका छन् ।
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरसहित प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा सामान्य उतारचढाव देखिएको छ, जसअनुसार डलरको दरमा हल्का वृद्धि भएको छ ।
काठमाण्डौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको आसपास तल्लो वायुमण्डलमा विकसित न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमी प्रणाली सक्रिय रहेकाले देशका विभिन्न भू-भागमा बदली, वर्षा तथा हिमपातको सम्भावना देखिएको हो ।
काठमाण्डौं । प्रतिनिधिसभाको बिहीबार बसेको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि विस्तृत छलफल गर्ने कार्यतालिका निर्धारण गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि आगामी जेठ ४, ५ र ६ गते लगातार छलफल सञ्चालन गरिने निर्णय भएको हो ।
काठमाण्डौं । बहुदलीय व्यवस्था पुनःस्थापनापछि सार्वजनिक पदमा रहेका तथा पूर्वपदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न गठन गरिएको सम्पत्ति छानबिन आयोगले औपचारिक रूपमा काम शुरु गर्दै व्यापक सम्पत्ति विवरण सङ्कलन प्रक्रिया अघि बढाएको छ । आयोगले प्रारम्भिक चरणमै करिब ३० हजारभन्दा बढी व्यक्ति छानबिनको दायरामा आउन सक्ने अनुमान गरेको छ ।
काठमाण्डौ । अमेरिका सरकारले सन् २०२६ को फिफा विश्वकप हेर्न आउने केही विदेशी समर्थकहरूका लागि लागू गरिएको १५ हजार डलरसम्मको ‘भिसा धरौटी’ व्यवस्था हटाएको छ ।अमेरिकी विदेश मन्त्रालयले विश्वकप टिकट खरिद गरिसकेका र फिफाको विशेष ‘FIFA PASS’ प्रणालीमार्फत भिसा प्रक्रियामा सहभागी भएका समर्थकहरूलाई उक्त धरौटीबाट छुट दिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
काठमाण्डौ । विपक्षी दलहरूको बहिष्कार, नाराबाजी र निरन्तर विरोधका बीच प्रतिनिधिसभाबाट सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । संसदमा चर्को राजनीतिक तनावकाबीच सभामुखले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतबाट स्वीकृत भएको हो ।
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमहान्यायाधिवक्ता सविता भण्डारीले वर्ल्डलिंकको करसम्बन्धी मुद्दा फिर्ता लिने सम्बन्धमा गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय विनोश शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । पूर्वमहान्यायाधिवक्ता भण्डारीले आन्तरिक राजस्व विभाग (ठूला करदाता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.