पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।
TRENDING
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।
काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच बिहीबार चार बुँदे सहमति भएको छ। सहमति पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।
काठमाण्डौ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण सभापति गगन थापाले निर्वाचन आयोगमा बुझाएका छन्।थापाले बिहीबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई केन्द्रीय कार्यसमितिसम्बन्धी सम्पूर्ण विवरण र आवश्यक कागजात हस्तान्तरण गरेका हुन्।
काठमाण्डौ । आज माघ १ गतेबाट काठमाण्डौको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ।डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।आजको माघे संक्रान्ति विशेष कार्यक्रमअन्तर्गत मौलिक परिकार तथा फुड...
काठमाण्डौ । यूएई (संयुक्त अरब इमिरेट्स) स्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै ठूलो रकम असुली ठगी गरेको अभियोगमा कन्सल्टेन्सी सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाण्डौका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै नेपालका विभिन्न विद्यार्थीहरूलाई फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त यूएईस्थित कलेजमा क्रेडिट...
काठमाण्डौ । अमेरिकी ट्रम्प प्रशासनले ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया अनिश्चितकालीन रूपमा रोकेको घोषणा गरेको छ। यो निर्णय जनवरी २१ बाट लागू हुने बीबीसीले जनाएको छ। यो सूचिमा नेपाल पनि परेको छ ।
काठमाण्डौ । आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म देशको कुल राजस्व सङ्कलन ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो रकम पुससम्मका लागि तय गरिएको लक्ष्यको ८१.४० प्रतिशत हो।राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। यसमध्ये पुस महिनासम्मका लागि ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको...
काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति, माघी वा माघे संक्रान्ति पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व विभिन्न पवित्र नदी, त्रिवेणी तथा धार्मिक स्थलमा स्नान, पूजा–अर्चना तथा घिउ, चाकु, तिलको लड्डु र तरुललगायतका परिकार सेवन गरी मनाउने परम्परा रहेको छ।ज्योतिष शास्त्रअनुसार आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने...
काठमाण्डौ। पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक नयाँ युगको सुरुआत गर्दै हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। यो होटल बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो, जसले सहरको तीव्र आर्थिक र पर्यटकीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासन गरिएको भनिएको निर्णयलाई पूर्णतः अमान्य र अनधिकृत भएको बताएका छन्।
काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै गएको छ। पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही अन्य नेताहरूमाथि कडा कारबाही गरेको छ।सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरजस्ता नेताहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन...
काठमाण्डौ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब फूटको नजिक पुगेको छ । पार्टीभित्रको नेतृत्व विवाद चरमोत्कर्षमा पुग्दा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको तनावले पार्टी विभाजनको खतरा बढाएको छ । विशेष महाधिवेशनमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरेसँगै दुवै पक्षबीच सहमतिको सम्भावना न्यून बन्दै गएको...
काठमाण्डौ । नेपालले हालै प्रक्षेपण गरेको नानो भूउपग्रह ‘मुनाल’ अन्तरिक्षको निर्धारित कक्ष (अर्बिट)मा स्थापित हुन असफल भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल तथा भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको उक्त भूउपग्रह प्राविधिक समस्याका कारण लक्ष्यित अर्बिटमा प्रवेश गर्न नसकेको हो।भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन(इसरो)...
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपाली उत्पादनहरूले गुणस्तरका आधारमा विश्वास जित्दै आएको उल्लेख गरेका छन्। नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) को ३० औँ तथा ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नेपाल र जर्मनीबीचको दीर्घकालीन व्यवसायिक साझेदारीलाई थप सुदृढ बनाउँदै ‘पिपुल टु पिपुल कनेक्सन’ लाई अझ प्रभावकारी...
काठमाण्डौ। नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (एनआईसीसीआई) को १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता गरिएको छ ।सभामा प्रमुख अतिथि एनआईसीसीआई संरक्षक राजेशकाजी श्रेष्ठले द्विपक्षीय व्यापार र पर्यटन अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने उद्धेश्यले...
काठमाण्डौ । आन्तरिक राजस्व विभागले करदातालाई आय विवरण पुस मसान्त अघिनै आय विवरण दाखिला गर्न आग्रह गरेको छ। विभागका अनुसार, पुस महिनाको अन्त्यतिर प्रणालीमा अत्यधिक चाप हुने भएकाले सो समयमा आय विवरण दाखिला गर्दा कठिनाइ हुनसक्छ।करदातालाई आग्रह आफ्नो आय विवरण अगावै दाखिला गरी सहयोग पुर्याउन आग्रह गरिएको छ।
काठमाण्डौ । सरकारले सुपारी, केराउ तथा सेतो र कालो मरीचको आयात औद्योगिक प्रयोजनका लागि खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई कच्चा पदार्थका रूपमा मात्र यी वस्तु आयात गर्न अनुमति दिएको हो।सूचनाअनुसार आयात अनुमति प्रदान गर्दा उद्योग विभागले औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता, औचित्य...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालीहरूले विदेशमा परामर्श प्रदान गरेर उल्लेख्य रूपमा आम्दानी हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार, परामर्श, प्राविधिक, अनुसन्धान तथा श्रव्यदृश्य सेवामा आम्दानी बढ्दै गएको देखिन्छ।यस अवधिमा नेपालीहरूले परामर्श सेवाबाट १८ अर्ब १० करोड रुपैयाँ आम्दानी गरेका छन्। त्यही समय नेपालबाट परामर्श सेवामा १ अर्ब ७९...
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले विदेशी पर्यटकबाट करिब ३४ अर्ब रुपैयाँ आम्दानी गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भ्रमण शीर्षकअन्तर्गत प्राप्त यो आम्दानी विदेशी पर्यटकले नेपालमा गरेको खर्चबाट आएको हो।राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा भ्रमण शीर्षकमा ३५ अर्ब ११ करोड रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष आम्दानी...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.