अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ४५ तोला सुन, बैंक ब्यालेन्स र जग्गा कति ?
काठमाण्डौ । अर्थमन्त्री स्वर्णिम वाग्लेले सार्वजनिक गरेको सम्पत्ति विवरणमा देशका विभिन्न भागमा फैलिएको जग्गा, सेयर लगानी र अन्य सम्पत्तिहरू उल्लेख गरिएको छ। सार्वजनिक विवरण अनुसार वाग्लेसँग काठमाण्डौको चन्द्रागिरी क्षेत्रमा ३ रोपनी जग्गा रहेको छ। साथै, ललितपुरको सानेपा र भैंसेपाटी, धुलिखेल, बन्दीपुर, गोरखाको शहीद लखन गाउँपालिका तथा गोरखा नगरपालिका, चितवनको रत्ननगर र...

