चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द
काठमाण्डौ । सडक डिभिजन कार्यालय सुर्खेतले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ। पटक–पटक लिखित तथा मौखिक ताकेता, निर्देशन र म्याद थप गर्दा पनि अपेक्षित प्रगति नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताको प्रावधानअनुसार सम्झौता रद्द गरिएको कार्यालयले जनाएको छ।सार्वजनिक सूचनामार्फत सुर्खेतमा सञ्चालित...

