बिहीबार, श्रावण ७,२०८३ 10:02:58
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 10:02:58
विश्वकपमा मोरक्कोको रोमाञ्चक पुनरागमन, हाईटीलाई ४–२ ले हरायो
NEWS

विश्वकपमा मोरक्कोको रोमाञ्चक पुनरागमन, हाईटीलाई ४–२ ले हरायो

काठमाण्डौ । दुई पटक पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै मोरक्कोले हाईटीलाई ४–२ ले पराजित गरेको छ। रोमाञ्चक खेलमा जित हात पारे पनि मोरक्को समूह ‘सी’ मा ब्राजिलसँग गोलअन्तरमा पछि पर्दै उपविजेतामै सीमित रह्यो।खेलको १०औँ मिनेटमा मोरक्कोका गोलरक्षक यासिन बोनुको आत्मघाती गोलबाट हाईटीले अग्रता लिएको थियो। त्यसपछि मोरक्कोका कप्तान अश्रफ हाकिमीले ३९औँ मिनेटमा बराबरी...

प्यूठानका नौवटै स्थानीय तहले ल्याए बजेट, कृषि, रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता
BUDGET

प्यूठानका नौवटै स्थानीय तहले ल्याए बजेट, कृषि, रोजगारी र पूर्वाधार विकासमा प्राथमिकता

काठमाण्डौ । प्यूठान जिल्लाका सबै नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्।  जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले आ–आफ्ना गाउँ तथा नगरसभामार्फत बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा रोजगारी सिर्जनालाई मुख्य प्राथमिकतामा राखेका छन्।

निर्यात संकटपछि इलामका चिया उद्योग पुनः सञ्चालनमा, व्यवसाय जोगाउन तीन बुँदे सहमति
NEWS

निर्यात संकटपछि इलामका चिया उद्योग पुनः सञ्चालनमा, व्यवसाय जोगाउन तीन बुँदे सहमति

काठमाण्डौ । भारतीय बजारमा नेपाली चियाको निर्यात अवरुद्ध भएपछि ठप्प बनेको इलामको सूर्योदय नगरपालिकास्थित चिया उद्योग क्षेत्र पुनः सञ्चालन हुने भएको छ।  उद्योगी, स्थानीय सरकार र सरोकारवालाबीच भएको तीन बुँदे सहमतिपछि शुक्रबारदेखि बन्द रहेका ५३ वटा चिया उद्योग पुनः सञ्चालनमा आउने भएका हुन्।

राजस्व दबाबकाबीच विराटनगरको बजेट सार्वजनिक, डिजिटल सेवा र विकास आयोजनामा केन्द्रित
BUDGET

राजस्व दबाबकाबीच विराटनगरको बजेट सार्वजनिक, डिजिटल सेवा र विकास आयोजनामा केन्द्रित

काठमाण्डौ । आर्थिक गतिविधिमा आएको सुस्तता र राजस्व सङ्कलनमा देखिएको चुनौतीका बीच विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपियाँको बजेट ल्याएको छ।  सीमित स्रोतसाधनका बाबजुद महानगरले डिजिटल प्रविधि, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको हो।

रास्वपाको प्रथम महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, परिणाम आजै सार्वजनिक हुने
NEWS

रास्वपाको प्रथम महाधिवेशन: केन्द्रीय सदस्य चयनका लागि मतदान जारी, परिणाम आजै सार्वजनिक हुने

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान प्रक्रिया जारी रहेको छ।पार्टीको नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण प्रक्रियाअन्तर्गत प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरिरहेका छन्।

भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो झट्का, राजधानी काराकासमा क्षति
NEWS

भेनेजुएलामा शक्तिशाली भूकम्पको दोहोरो झट्का, राजधानी काराकासमा क्षति

काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएला बुधबार राति दुई शक्तिशाली भूकम्पको चपेटामा परेको छ।  लगातार गएका भूकम्पका कारण राजधानी काराकाससहित विभिन्न क्षेत्रमा त्रास फैलिएको छ भने केही भवन तथा संरचनामा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। 

२० अर्बको संदिग्ध कारोबारदेखि ट्याक्स हेभनसम्म: अर्का ठूलो माछाको राहादानी रोक्का, पक्राउ पर्नसक्ने
NEWS

२० अर्बको संदिग्ध कारोबारदेखि ट्याक्स हेभनसम्म: अर्का ठूलो माछाको राहादानी रोक्का, पक्राउ पर्नसक्ने

काठमाण्डौ । उच्च राजनीतिक पहुँचका कारण वर्षौंदेखि अनुसन्धानको घेराबाट उम्कँदै आएको आरोप खेपिरहेका व्यवसायी अजयराज सुमार्गीमाथि राज्य संयन्त्रले फेरि कडा निगरानी बढाएको छ । संदिग्ध आर्थिक कारोबार तथा सम्भावित सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाउन उनको राहदानी रोक्का गरिएको स्रोतले जनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष चासो र...

विष्णु पौडेलको थुनाबारे सर्वोच्चमा रिट, गैरकानूनी पक्राउको दाबी
NEWS

विष्णु पौडेलको थुनाबारे सर्वोच्चमा रिट, गैरकानूनी पक्राउको दाबी

काठमाण्डौ । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखिएको आरोप लगाउँदै उनकी पत्नी दोमाया पौडेलले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्।उनले पक्राउ प्रक्रिया कानूनविपरीत भएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिन माग गरेकी हुन्।

ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित
BUDGET

ललितपुर महानगरको ७.४८ अर्ब बजेट पारित, ५६ प्रतिशत विकासमा केन्द्रित

काठमाण्डौ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८७ लाख ८० हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।  बुधबार सम्पन्न महानगरको नवौँ नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी वर्षका नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेकी हुन्। 

विराटनगरबाट हराएको २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर चोरी पुष्टि
NEWS

विराटनगरबाट हराएको २० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर चोरी पुष्टि

काठमाण्डौ । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका लागि २० हजार लिटर पेट्रोल बोकेर हराएको ट्याङ्कर सुनसरीको भोक्राहा गाउँपालिका–८ मा बेवारिसे अवस्थामा फेला परेको छ ।  असार १० गते बुधबार जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार र सरोकारवालाको रोहबरमा ट्याङ्करको सिल खोलेर गुणस्तर तथा परिमाण जाँच गरिएको छ।

विश्वकपमा ब्राजिल र स्कटल्यान्ड भिड्दै, नेयमार खेल्ने सभावना कति ?
NEWS

विश्वकपमा ब्राजिल र स्कटल्यान्ड भिड्दै, नेयमार खेल्ने सभावना कति ?

काठमाण्डौ । ब्राजिलको राष्ट्रिय फुटबल टोली र स्क्टल्याण्डको राष्ट्रिय टोली आज फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत महत्वपूर्ण खेलमा आमनेसामने हुँदैछन्। दुवै टोली नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।ब्राजिल चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ। स्कटल्यान्डविरुद्ध जित वा बराबरी खेलेमा र मोरक्कोले आफ्नो खेल जित्न नसकेमा ब्राजिल समूह...

ड्युटीका क्रममा सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन
NEWS

ड्युटीका क्रममा सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा कार्यरत ट्राफिक प्रहरी कर्मचारीलाई ड्युटीका क्रममा सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात नमिलाउन निर्देशन दिइएको छ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जारी गरेको परिपत्रमा चेकजाँच तथा अन्य ड्युटीका समयमा ट्राफिक प्रहरी र सेवाग्राहीबीच हात मिलाइएको दृश्यबारे सामाजिक सञ्जाल तथा सर्वसाधारणबाट विभिन्न गुनासा प्राप्त भएकाले...

रास्वपा महाधिवेश: केन्द्रीय सदस्यको प्रारम्भिक सूची सार्वजनिक, मतदान प्रक्रियामा अन्योल
NEWS

रास्वपा महाधिवेश: केन्द्रीय सदस्यको प्रारम्भिक सूची सार्वजनिक, मतदान प्रक्रियामा अन्योल

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ।रास्वपा केन्द्रीय निर्वाचन आयोगले बुधबार उक्त सूची जारी गरेको हो। 

खर्च कटौतीको नाराबीच मन्त्रीका स्वकीय र सल्लाहकार थप्ने सरकारको निर्णय
NEWS

खर्च कटौतीको नाराबीच मन्त्रीका स्वकीय र सल्लाहकार थप्ने सरकारको निर्णय

काठमाण्डौ । मन्त्रालयको संख्या घटाएर प्रशासनिक खर्च नियन्त्रण गर्ने घोषणा गरेको सरकारले मन्त्रीहरूको स्वकीय सचिवालय र सल्लाहकार संरचना भने विस्तार गरेको छ।  २२ वटा मन्त्रालयलाई घटाएर १८ मा सीमित गरिएको अवस्थामा मन्त्रीहरूले राख्न पाउने स्वकीय कर्मचारीको संख्या बढाइएको छ भने विभिन्न मन्त्रालयमा सल्लाहकार नियुक्तिको नयाँ व्यवस्था पनि लागू गरिएको छ।

वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड
BUDGET

वीरगञ्ज महानगरले ४.४२ अर्बको बजेट सार्वजनिक, शहरी विकास र सेवा सुधारमा जोड

काठमाण्डौ ।  मधेश प्रदेशको प्रमुख व्यापारिक केन्द्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४ अर्ब ४२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।  २०औँ नगरसभामा शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषि, पर्यटन, उद्योग तथा आधुनिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै समग्र शहरी रूपान्तरण लक्ष्यसहित बजेट प्रस्तुत गरिएको हो।

रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने
NEWS

रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक निर्धारित समयबाट एक दिन पछि सारिएको छ।संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बिहीबार (असार ११) का लागि तय गरिएको बैठक अब शुक्रबार (असार १२) का लागि पुनः तालिका निर्धारण गरिएको जनाएको छ।

लुम्बिनी प्रदेशसभामा बजेट विवाद गहिरियो, बैठक लगातार प्रभावित
NEWS

लुम्बिनी प्रदेशसभामा बजेट विवाद गहिरियो, बैठक लगातार प्रभावित

काठमाण्डौ । लुम्बिनी प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तापक्षभित्रै असन्तुष्टि चुलिएपछि प्रदेशसभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन।  सहमति नजुटेपछि बुधबारका लागि तय गरिएको बैठक पनि स्थगित भई बिहीबारसम्म सारिएको छ।

नेपालगन्ज उपमहानगरले १ अर्ब ७६ करोडको बजेट प्रस्तुत गर्‍यो, धार्मिक पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता
BUDGET

नेपालगन्ज उपमहानगरले १ अर्ब ७६ करोडको बजेट प्रस्तुत गर्‍यो, धार्मिक पर्यटनदेखि पूर्वाधार विकाससम्म प्राथमिकता

काठमाण्डौ । नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।नगरसभाको १९औँ अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रमसहित उक्त बजेट सार्वजनिक गरेका हुन् । 

स्थानीय तह निर्वाचन तयारीमा आयोग सक्रिय, तीन महिनामा १ लाख ८१ हजार नयाँ मतदाता थपिए
NEWS

स्थानीय तह निर्वाचन तयारीमा आयोग सक्रिय, तीन महिनामा १ लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाण्डौ । स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख ८१ हजार  ३६७नयाँ मतदाता थपिएका बताएको छ ।  पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि ती मतदाता थपिएका हुन् । 

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश
NEWS

आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल उद्योग परिसंघबाट सुझाव पेश

काठमाण्डौ । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । परिसंघको तर्फबाट अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई आगामी मौद्रिक नीतिका लागि सुझाव हस्तान्तरण गरे ।परिसंघले बाह्य क्षेत्रका समष्टिगत सूचकहरू उत्साहजनक एवं बलियो रहेको तर आन्तरिक आर्थिक गतिविधिहरू भने लामो समयदेखि लयविमुख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.