ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि आईपीओ जारी गर्ने
काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले यही फागुन २७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आम सर्वसाधारणका लागि कुल १४ लाख ७६ हजार कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल १८ लाख कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति...