प्रभु स्मार्ट फण्ड र सेलेक्ट फण्डका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा
काठमाण्डौ । प्रभु म्यूचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।