सामुदायिक लघुवित्तद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं साधारण सभा आगामी फागुन ६ गते आयोजना गर्ने भएको छ । माघ १३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त सभा काभ्रेको पनौतीमा रहेको स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको हाल संस्थापक सेयर समुह र सर्वसाधरण समुहको सेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक...