पाँच साता साइडवेज चलेको बजारमा यो साता बन्यो ‘बुलिस इन्गल्फिङ प्याटर्न’, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो । अघिल्लो साता ४६.४७ अंकले बजारमा गिरावट आएको थियो । यो साता ५ कारोबारमा ३६ अर्ब ८ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ४...