काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.२३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि ६ वटा बीमा कम्पनीको सेयरभाउ भने बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा सिटिजन लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २५.५० रुपैयाँले बढेर ७३६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सन नेपाल लाइफको १.५६ प्रतिशत, एशियन लाइफको ०.८५ प्रतिशत, नेपाल लाइफको ०.५१ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.६५ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ ।
कम्पनीको सेयरभाउ १.९८ प्रतिशतले घटेर ५९३ रुपैयाँ पुगेको छ । त्यस्तै, हिमालयन एभरेष्टको १.९६ प्रतिशत, हिमालयन रि को १.९४ प्रतिशत, युनाइटेड अजोडको १.७८ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६२ प्रतिशत, सानिमा जिआइसीको १.२९ प्रतिशत, आइएमई लाइफको १.२६ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.९३ प्रतिशत, एलआइसी नेपालको ०.८१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.६६ प्रतिशत, आरबीसीएलको ०.५४ प्रतिशत, सुर्यज्योति लाइफको ०.४४ प्रतिशत, शिखरको ०.३७ प्रतिशत, नेपाल रि को ०.३३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२१ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                