सेयर बजार फेरि माथि उठ्ने आशा छः प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सेयर बजारमाथि उठ्ने आशा गरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘सेयर मार्केट फ्लक्चुएट भइरहन्छ, बाढीपहिरो गयो, अर्थतन्त्रमा धक्का लाग्यो, यस्ता परिस्थितिमा सेयर बजार डाउन हुनु स्वभाविक जस्तो लाग्छ, फेरि माथि उठ्ला भन्ने मैले आशा गरेको छु,’ उनले भने ।