शनिबार, बैशाख १३,२०८२ 05:07:21
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:07:21
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य अंकको सुधार, जानकार भन्छन्, ‘बैंकको रिपोर्टले बजारको आगामी यात्रा तय गर्नेछ’

Hyundai Nepal
नेप्सेमा सामान्य अंकको सुधार, जानकार भन्छन्, ‘बैंकको रिपोर्टले बजारको आगामी यात्रा तय गर्नेछ’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सामान्य अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०७ प्रतिशत अर्थात १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.५४ प्रतिशतले घटेर ४३९.०१ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९९ वटा स्क्रिप्टको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘पछिल्लो समय  साइडवेजमा चलिरहेको बजारमा आज बिक्री दबाब परेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको आउने त्रैमासिक रिपोर्टले अबको बजारको यात्रा तय गर्नेछ । गभर्नरको कार्यकाल पनि सकिनै लाग्दा बजारले माथिकै यात्रा गर्नेमा विश्वास गर्न सकिन्छ ।’

नेपाल इन्भेष्टर्स फोरमका निर्वमान अध्यक्ष छोटेलाल रौनियारले पुसको अन्त्यपछि सेयर बजारमा सुधार आउने अपेक्षा लगानीकर्तामा भएपछि आजको बजारमा भने त्यो अवस्था नदेखिएको बताए । ‘अहिले बजारमा तरलता फालाफाल छ र बैंकहरुको ब्याजदर पनि घट्दो क्रममै रहेको छ । यस्ता सकारात्मक विषय हुँदा समेत नीतिगत परिवर्तन केही पनि नहुँदा भने लगानीकर्ताको मनोबल बढ्न सकेको छैन,’उनले भने ।  

यद्यपी पछिल्लो समय नेप्से परिसूचक घटेता पनि बजारको समग्र अवस्था नियाल्दा अझै पनि लगानी गर्ने अवसर भने कायमै नै रहेको रौनियारले बताए ।  

दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज हाईड्रो समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.७६ प्रतिशतले बढ्यो । यस्तै विकास बैंक समूह १.०८ प्रतिशत,होटल १.६३,जीवन बीमा ०.०८,उत्पादन तथा प्रशोधन ०.४८,अन्य ०.०४ र व्यापार समूह ०.०१ प्रतिशतले बढ्यो ।  

यस्तै आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज ३.४८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.८१,लगानी ०.०७,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.१७ र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३२ करोड ४९ लाख बढीको कारोबार भयो । सुपर मादी हाईड्रोपावरको आज ३० करोड ८८ लाख,सिन्धु विकास बैंकको १९ करोड ८४ लाख र पिपुल्स हाईड्रोपावरको १८ करोड ४ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज दोल्ती पावर र सुपर मादी हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यस्तै बाराही हाईड्रोको सेयरमूल्य ८.३० प्रतिशत,स्वेत गंगा हाईड्रोको सेयरमूल्य ८.१९ र खानीखोला हाईड्रोको सेयरमूल्य ७.९२ प्रतिशतले बढ्यो ।  

यो दिन न्यादी हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । पोखरा फाइनान्सको सेयरमूल्य पनि आज ९.०५ र जानकी फाइनान्सको ७.८३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.