शीर्ष १० ब्रोकरमध्ये ७ वटाबाट उच्च खरिद ३ वटाबाट बिक्री, एउटैबाट भयो २.७० अर्बको कारोबार
काठमाण्डौ । नेप्सेमा अल टाइम हाई कारोबार भएको आज ७ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ । आज सबै भन्दा उच्च कारोबार गर्ने नासा सेक्यूरिटिजले उच्च बिक्री गरेको छ । नासा सेक्यूरिटिजबाट आज १ अर्ब २४ करोड रुपैयाँबराबरको खरिद भएको छ भने १ अर्ब ४५ करोडको बिक्री भएको छ । आज यो ब्रोकरबाट २ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।