सरकारका सचिवहरुलाई प्रमको निर्देशन-'मौद्रिक नीतिले ल्याएको उत्साह मर्न नदिनू, बजारलाई अझै चलायमान बनाउनू'
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले बजारमा राम्रो उत्साह ल्याएको भन्दै यसलाई कायम राखेर जानुपर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा एक छलफलका क्रममा सरकारका सचिवहरुलाई निर्देशन दिंदै प्रधानमन्त्रीले मौद्रिक नीतिबाट बजारमा आएको उत्साहलाई कम हुन दिन नहुने विचार व्यक्त गरेका हुन् ।