बिहीबार, असार १२,२०८२ 08:00:50
  • बिहीबार, असार १२,२०८२ 08:00:50
Global IME Bank Limited

दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे

Hyundai Nepal
दैनिक कारोबारले नयाँ रेकर्ड बनाएपछि नेप्सेमा खुशियाली, सीईओले मिठाई बाँडे
Nabil Bank Limited

काठमाण्डौ । करिब ३ वर्षपछि सेयर बजारमा कारोबारको पुरानो रेकर्ड तोडिएसँगै लगानीकर्ता र नियामकमै पनि खुशियाली छाएको छ ।

आज सेयर बजारमा २१ अर्ब ९१ करोड १५ लाख माथिको रेकर्ड स्तरको कारोबार भयो । यति धेरै कारोबार यसअघि कहिल्यै भएको थिएन । नेप्सेमा यसअघि सन् २०२१ जुलाई १५ दिनका लागि २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भएको थियो । यो पुरानो रेकर्डलाई ब्रेक गर्दै आज इतिहासमै सबैभन्दा बढी कारोबार भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लगानीकर्ताहरुले विभिन्न ब्रोकर हाउसहरुमा केक काटेर खुशी मनाएका छन् ।  

उता, बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेमा पनि खुशियाली मनाइएको छ ।  

नेप्सेमा आज रेकर्ड स्तरमा कारोबार भएको खुशियालीमा लड्डू बाँडिएको एक कर्मचारीले जानकारी दिए ।  

नेप्सेमा रेकर्ड स्तरमा कारोबार वा नेप्से परिसूचक अलटाइम हाईमा पुग्दा लड्डू र मिठाई बाँडेर खुशी साटासाट गर्ने चलन छ । यसअघि नेप्सेले अलटाइम हाईको विन्दू चुम्दा समेत तत्कालीन सीइओ चन्द्रसिंह साउदले कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिएका थिए ।  

नेप्सेका हालका सीईओ कृष्णबहादुर कार्कीले समेत बुधबार समेत कर्मचारीलाई लड्डू बाँडेर खुशियाली मनाइदिए । सो क्रममा नेप्सेका उच्च अधिकारीबीच बजार परिसूचकले चाँडै अलटाईम हाई ब्रेक गर्ने सम्भावनाको विषयमा समेत कुराकानी भएको थियो ।  

सीईओ कार्कीले नेप्सेले बनाएको भरपर्दो कारोबार सिस्टमका कारण २२ अर्ब हाराहारीमा एकैदिन कारोबार हुन सम्भव भएको भन्दै यसका लागि काममा अहोरात्र खटिने कर्मचारी र कारोबारमा सक्रिय सहभागिता जनाउने लगानीकर्ताप्रति आभार समेत प्रकट गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.