यो साता बजार बढ्दा यी कम्पनीका लगानीकर्ता भए मालामाल, २१% सम्म आर्जन
काठमाण्डौ । यो साता बजार उच्च अंकले बढ्दा केही लघुवित्त र जलविद्युत कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यो साता गणपति लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताले २१ प्रतिशत नाफा कमाएका छन् । त्यसैगरि, माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १७.७५ प्रतिशत , बलेफी हाइड्रो पावरका लगानीकर्ताहरुले १७.०८ प्रतिशत , जानकी फाइनान्स...