प्रभु इन्स्योरेन्सले डाक्यो साधारण सभा,लाभांश र हकप्रदको प्रस्ताव पारित गरिने
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको ४३४ औँ बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो। बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद...