आँखुखोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१.५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४८ रुपैयाँ कायम भएको छ ।