काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.१८ अंकल घटेर २२४०.४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज चारवटा समूहमा मात्रै हरियाली छाएको छ भने ९ वटा उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह १.६५ प्रतिशत र निर्जीवन बीमा समूह ०.९१ प्रतिशतले घटेको छ । आज राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ ।
राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ १.०५ प्रतिशतले बढेर १३ हजार ४९० रुपैयाँ पुगेको छ । २४ बीमा कम्पनीको सेयरभाउ घट्दा आज सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.७८ प्रतिशतले घटेर ५११.३० रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २.७४ प्र्रतिशत, सानिमा रिलायन्स लाइफको २.६० प्रतिशत, नेशनल लाइफको २.४३ प्रतिशत, सिटिजन लाइफको २.४० प्रतिशत, रिलायबल नेपाल लाइफको २.३७ प्रतिशत, हिमालयन एभरेष्टको २.१७ प्रतिशत, आइएमई लाइफको २.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.९३ प्रतिशत, हिमालयन लाइफको १.८६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.७६ प्रतिशत, युनाइटेड अजोडको १.६३ प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सको १.५७ प्रतिशतले सेयरमूल्य घटेको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १.५३ प्रतिशत, शिखर इन्स्योरेन्सको १.५० प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.४९ प्रतिशत, एलआइसी नेपालको १.३० प्रतिशत, एशियन लाइफको १.१० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०४ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.४७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३६ प्रतिशत र सुर्यज्योति लाइफको ०.०७ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कमपनीमा आज सर्वाधिक कारोबार हिमालयन रि इन्स्योरेन्सको १३ करोड २० लाख रुपैयाँमाथिको भएको छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १२ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                