नेप्से परिसूचकमा झिनो सुधार,‘सरकारको उदासिनताका कारण बढ्न सकेन बजार’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.१० प्रतिशत अर्थात २.०६ अंकले बढेर १ हजार ९६०.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५१ प्रतिशतले बढेर ३४९.५८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर २ अर्ब १४...