बुद्धभुमी नेपाल हाईड्रोपावरले बैंकको ऋण भुक्तानी गर्न १५०% हकप्रद निष्कासन गर्ने
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १५० प्रतिशत अर्थात १ः१.५० अनुपातमा हकप्रद ल्याउने तयारी गरेको हो । कम्पनीले हकप्रद निष्कासनका लागि आवश्यक कागजातिसहित विद्युत नियमन आयोगमा स्वीकृतीका लागि आवेदन दिएको छ ।