आज पनि ओरालो लाग्यो नेप्से, जानकार भन्छन्,‘छिट्टै केहि सकारात्मक विषय आउँदैछन्’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७६ प्रतिशत अर्थात १५.६२ अंकले घटेर १ हजार ९५८.७५ विन्दुमा सीमित बनेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ३४७.८० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर...