Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

ग्राउण्ड जिरोका लगानीकर्ताबीच एचडीएलको चर्चा, भन्छन् ‘अब सोझाले कमाउने दिन गए’

Global IME Bank Limited
ग्राउण्ड जिरोका लगानीकर्ताबीच एचडीएलको चर्चा, भन्छन् ‘अब सोझाले कमाउने दिन गए’
Nabil Bank Limited

काठमाण्डौ । सधैको साता जस्तै आज पनि हामीले साताको पहिलो कारोबार दिन विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी नक्साल र कमलादी आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको मनोविज्ञान बुझ्ने प्रयास गरेका छौं ।  

यसका लागि सबै भन्दा पहिले आज हामी सनी सेक्युरिटिज्(स्टक ब्रोकर नम्बर ४२) मा पुग्यौं । बिहान बजार सामान्य अंकले तलमाथि गर्दै थियो । ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो । यत्तिकैमा एक लगानीकर्ता हात भरी सेयर सर्टिफिकेटको मुठो लिएर नमस्कार भन्दै ब्रोकर हाउसमा छिरे ।  

त्यसपछि उनले घटेको बजारप्रति इंगित गर्दैै भने,‘सेयर बोकेर बसेर बर्बादै भइयो । गत वर्ष यहि समयमा ५ हजार ७ सयको एचडीएल यस वर्ष १४ सय तल आयो । प्रभू बैक पनि त्यस्तै छ । आज त १३५ मा नै कारोबार भए छ । यस्तै हो भने यो पनि एक सय रुपैयाँमा नै नआउँला भन्न सकिन्न ।’ ती लगानीकर्ताले फेरी आफ्नो हातको सेयर हेदै भने,‘बरु सीआटी ठिकै रहेछ ।’ उनीसँगै बसेका लगानीकर्ताले भने,‘यो वर्ष पनि १५/२० प्रतिशत त दिन सक्छ ।’  

केही समयको बसाई पछि हामी नक्सालमा नै रहेको नासा सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यो ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो । केही लगानीकर्ता बजार हेर्न मस्त थिए भने केही रेडियो सुनेर बसेका थिए । बजार ६ अंक जति घटेको थियो । ‘जाँउ, साथी बाहिर । के हेर्नु यस्तो घट्ने बजार पनि ? आँखै अगाडी सम्पत्ति घटेको कसरी टुलुटुलु हेर्नु ?’ एक लगानीकर्ताले भनेको सुनियो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यत्तिकैमा अर्का लगानीकर्ताले मुख खोले,‘तपाइंलाई मारबाडी समूदायको सेयर किन्ने तरिका थाहा छ ?’ उनीसँगै बसेका लगानीकर्ताले सोधे,‘के हो भन्नुस न ! ’ ‘मन्दी मा किन्नुस तेजीमा बेच्नुहोस । यही हो ।’ उनको प्रश्नको उत्तर दिदै ती लगान्रीकर्ताले भने,‘मन्दीको समयमा त खरिद गर्नु पर्छ । त्यो त थाहा थियो । तर यहाँ किन्दा किन्दा हैरान भइयो ।’ प्रश्न सोध्ने लगानीकर्ताले भने । ब्रोकर हाउसमा यस्तै वार्तालाप चल्दै थिए । हामी भने केही समयको बसाई पछि कमालादीमा नै रहेको कोहिनूर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ भेटिएका लगानीकर्तामा पनि बजारप्रति उत्साह देखिएन । यस ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने,‘ बजारमा के भयो खै ? कम्पनीले डिभिडेन्ड घोषणा गरेकै दिन कम्पनीको सेयरमूल्य घट्न थालेको छ । रिपोर्ट राम्रो आए पनि घटेकै छ । यसअघि वैशाख महिनामा बजार सधै बढ्ने गर्थ्यो । तर यो वैशाखमा त बजार बढ्नै सकेन ।’

उनी संगै बसेका एक लगानीकर्ताले एचडीएलको रिपोर्ट हेर्दै भने,‘यो कम्पनीको रिपोर्ट पनि राम्रो आएन । बजारमा त  कम्पनीको सेयर भाउ १२ सय सम्म आउँछ भने हल्ला छ । ‘खाने बेलामा लोकल खाने अनी एचडीएल बढेन भनेर हुन्छ ? पहिले त ब्यापार बढाउनु पर्यो नि सेयरको भाउ बढाउनलाई ।’ एक लगानीकर्ताले ठट्यौली पारामा भने ।  

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थिए । बजार एकोहोरो घटिरहेकै थियो । केही समयको बसाई पछि हामी राधा कृष्ण कम्प्लेक्स स्थित क्यापिटल म्याक्स सेक्युरिटिज् (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । केही लगानीकर्ता कारोबारमा व्यस्त थिए । केही भने बजारबारे निराशा पोख्दै थिए । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने,‘अब त साथीहरुको ग्रुपमा नछिरेसम्म सेयरबाट कमाई होला जस्तो छैन । हामी जस्ता सोझाले कमाउने दिन गएछन् सेयर बजारमा ।’


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X